राजस्थानलाई गुजरातले दियो २१८ रनको लक्ष्य

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत जारी खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई २ सय १८ रनको लक्ष्य दिएको छ । अहदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १७ रन बनाएको हो ।

उसका लागि ओपनर साई सुदर्शनले शानदार ब्याटिङ गरे । ५३ बलको सामना गरेका उन आठ चौका र तीन छक्कासहित ८२ रन बनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार