रिज लाइन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि गत पुस १३ गतेदेखि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २६ करोड ७ लाख रुपैयाँबराबरको २६ लाख ७ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ११ करोड ८५ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ११ लाख ८५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निष्काशन गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । स्थानिय बासिन्दाले कम्पनीको गोरखास्थित कार्यालय,प्रभु क्यापिटलको कमलादी कार्यालय तथा कम्पनीले निर्माण गरेको अनलाइन लिंक, प्रभु बैंकको छेपेटार शाखा गोरखा र पालुङाटार शाखाबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार