सालपा विकास बैंकको आइपीओमा १०.५९ गुणा बढी आवेदन

काठमाण्डौ । सालपा विकास बैंकको आइपीओमा १०.५९ गुणा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा दोस्रो दिनसम्म १२ लाख ९६ हजार १७७ जनाले आवेदन दिइसकेका छन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बैंकको आइपीओमा १ अर्ब ५२ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको कुल १ कराड ५२ लाख ४३ हजार २७० कित्ताका लागि आवेदन परिसकेको छ, जुन यो मागभन्दा १० गुणा बढी हो ।

बैंकले पुष १६ गतेदेखि आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता सेयर जारी गरेको हो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि ८६ हजार १९४ कित्ता र कर्मचारीहरुका लागि २६ हजार ११९ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा पुस २० गते र ढिलोमा पुस ३० गते हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार