काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (पुस १७) सेयर बजार दोहोरो अंकले घटेको छ ।
यस दिन बजार १२.८३ अंकले घटेर धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २६२०.९२ विन्दुमा बन्द भएको छ ।
यस दिन कुल ३३६ कम्पनीको कारोबार भयो । ६३ कम्पनीको मूल्य बढ्दा १८९ कम्पनीको मूल्य घट्यो भने ८ कम्पनीको स्थिर रह्यो ।
‘अन्य’बाहेक सबै उपसमूह घटेका छन् ।
नेप्सेका अनुसार एक करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर ६४ हजार ४०७ पटक किनबेच हुँदा चार अर्ब ७१ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।
हिजो पाँच अर्ब १३ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले बढेर १४८१ रुपैयाँ पुगेको छ । त्यस्तै, एसवाई प्यानल, हिमस्टार ऊर्जा, बुंगल हाइड्रोका सेयरधनीले क्रमशः बढी कमाएका छन् ।