पाल्पा सिमेन्टको आईपीओ पुस २५ देखि

काठमाडौं । पाल्पा सिमेन्ट इण्डस्ट्रिज लिमिटेडले आगामी पुस २५ गतेदेखि आईपीओ‌ जारी गर्ने भएको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेकाहरूका लागि पुस २५ देखि आईपी‌ओ जारी गर्न लागेको हो ।

जारी पुँजी तीन अर्ब ७५ करोड रुपियाँको २० प्रतिशत बराबरका ७५ लाख कित्ता सेयर सार्वजनिक गर्न अनुमति पाएको कम्पनीले त्यसमध्ये ५ प्रतिशत हिस्सा अर्थात् १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

यी सेयर पश्चिम नवलपसारी ९साविक नवलपरासी जिल्ला० तथा खानी क्षेत्र रहेको पाल्पा जिल्लाका स्थानीय नागरिकलाई उपलब्ध गराइनेछ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूलाई पनि आईपीओमा सहभागी गराउने उद्देश्यले सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत हिस्सा आरक्षित गरिएको छ। सोअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ६२ हजार ५०० कित्ता शेयर, कुल ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबर, श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूका लागि निष्काशन गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार