हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले ८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

आज दिउँसो बसेको बैठकले गत आवको नाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव राजकुमार खड्काले जनाएका छन् ।

कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४ सय रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांघ बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार