काठमाडौं । नेप्सेमा सूचीकृत ४ कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
यसैक्रममा रु रु जलविद्युत परियोजना लिमिटेडले १० प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. ६६०.९१ कयम भएको छ । यसअघि रु. ७२७ थियो ।
त्यस्तै मिड सोलु हाइड्रोले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. ७९८.२६ कायम गरिएको छ । यसअघि रु. ९१८ थियो ।
यता स्वाभिमान लघुवित्तले शेयरधनिरुलाई ५.६३ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७२७.०२ कायम भएको छ । यसअघि रु. ७६८ थियो ।
त्यसैगरी चन्द्रागिरि हिल्सले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. ८४३.८१ कायम गरिएको छ । यसअघि रु. ८८६ थियो ।
समायोजन गरिएको मूल्यबाट आइतबारदेखि यी चार वटै कम्पनीको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।