काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार (८ पुस) सेयर बजार सामान्य अंकले बढेको छ ।
यस दिन बजार ३.२७ अंक बढेर दोस्रो बजार मापक २५८४.४९ विन्दुमा बन्द भएको छ ।
यस दिन ३२८ कम्पनीको कारोबार भएकामा १३४ कम्पनीको मूल्य बढ्दा ११७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर छ ।
७६ लाख ६८ हजार ९१५ कित्ता सेयर ९२ हजार ७४६ पटक कारोबार हुँदा तीन अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
अघिल्लो दिन (पुस ७) तीन अर्ब ५१ करोड ४९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।
कारोबारमा भएका कम्पनीमध्ये यस दिन एसवाई प्यानल, गुँरास लघुवित्त, सयपत्री हाइड्रो, ग्रामीण विकास लघुवित्त, लक्ष्मी भ्यालु फन्डको मूल्य सर्वाधिक बढ्यो ।
यता, सिटिजन लाइफ इन्स्योरेन्स, सीवाईसी नेपाल लघुवित्त, पियोर इनर्जी, पोखरा फाइनान्सलगायत कम्पनीका लगानीकर्ताले सबभन्दा धेरै घाटा व्यहोरे ।
समूहगत सूचकतर्फ विकास बैंक, लगानी, जीवन बिमा, म्युचअल फन्ड र निर्जीवन बिमा सूचक घटेका छन् ।