यूनिक हाईडेलले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

काठमाण्डौ । यूनिक हाईडेल कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।

पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ २९ गते काठमाण्डौको डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा सर्वसाधारणमा कम्पनीको आईपीओ निष्कासन गर्ने र सो सम्बनधी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै गत आवका वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार