सेयर बजार घट्नेक्रम जारी, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (पुस ७) मा पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ओरालो यात्रालाई निरन्तरता दियो । पछिल्ला दुई कारोबार दिनमा घटेको नेप्से यस दिन १३.८८ अंकले घट्यो ।

यस दिन बजार २५८१ विन्दुमा बजार बन्द भएको छ ।

यस दिन तीन अर्ब ५१ करोड ५९ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन (पुस ६) चार अर्ब ५२ करोड ८७ लाख रुपैयाँको कारोबार भएको थियो ।

कारोबारमा आएका कुल ३३२ कम्पनीमध्ये २०० वटा कम्पनीको मूल्य घट्यो भने ५४ को मात्रै बढ्यो । पाँच कम्पनीको भने स्थिर नै रह्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार