काठमाडौँ । पुस ७ गते सोमबार सेयर बजारका लगानीकर्ताका लागि दुई कम्पनीको लाभांश सुरक्षित गर्ने दिन रहेको छ। सिटिजन लाइफ इन्स्योरेन्स र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) को लाभांश प्राप्त गर्न आजसम्म सेयरधनी कायम हुनुपर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी दुवै कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने घोषणा गरेका छन्। त्यसैले पुस ७ गतेसम्म नेप्सेमा सेयर खरिद गरी नाम कायम गराएका लगानीकर्ताले मात्रै आगामी साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश पाउने अधिकार राख्नेछन्।
सिटिजन लाइफ इन्स्योरेन्सले पुस १८ गते शुक्रबार काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा नवौँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। सभा बिहान ९:३० बजे सुरु हुनेछ। सभामा कम्पनीले हालको चुक्ता पुँजीको २० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदनका लागि प्रस्तुत गर्नेछ, जसमा कर प्रयोजन समेत समावेश रहनेछ।