दोहोरो अंकले घट्यो आज शेयर बजार

काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

अघिल्ला तीन कारोबार दिन लगातार बढिरहेको नेप्से बिहीबार १०.६६ अंकले घटेको हो । बुधारको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय १५.०३ विन्दुमा ओर्लेको छ ।

सो दिन कारोबारमा आएकामध्ये ६३ कम्पनीको सेयर मूल्य बढ्यो, १९४ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो । यस दिन सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या धेरै भएकाले समग्र नेप्से दोहोरो अंकले घटेको हो ।

बिहीबार कुल ६४ हजार २९ पटकको सेयर कारोबारमा १ करोड १२ लाख ९१ हजार ४ सय १ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको हो । बुधबार सेयर बजारमा ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार र निर्जीवन बिमा उपसमूहको परिसूचक सामान्य बढे ।

प्रतिक्रिया
सम्बन्धित समाचार