एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरणका लागि बैंकले पुस ४ गते (भोलि) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका कारण आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

बैंकले पुस १८ गते शुक्रबार काठमाडौँस्थित त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा ३२औँ वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ।

सभामा हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनसम्बन्धी कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, सर्वसाधारण शेयरधनी समूहबाट एक जना सञ्चालक चयन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका महत्वपूर्ण प्रस्तावहरू पनि सभामा पेश गरिनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार