काठमाडौँ – बुधबार सेयर बजार ५.७० अंक बढेको छ। सो वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ।
अघिल्लो दिन ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडको भयो ।
१४३ कम्पनीको मूल्य बढ्दा १०४ को घट्यो भने ११ को स्थिर रह्यो
सेयर बजार बढेसँगै दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। जसमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल रहेका छन्।
यसको विपरीत बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले गिरावट आएको छ। अपर स्याङ्गे हाइड्रोपावरको मूल्य ३.२१ प्रतिशत घटेको छ। आज धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर रहेको छ।