काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका केही संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएका छन्। कम्पनीका तीन जना संस्थापक शेयरधनीबाट प्राप्त निवेदनका आधारमा कुल ३ लाख २८ हजार १९४ कित्ता संस्थापक शेयर बिक्रीका लागि सार्वजनिक गरिएको हो।
कम्पनीका अनुसार संस्थापक शेयरधनी बोध प्रसाद त्रिपाठीको नाममा रहेको २ लाख ३५ हजार १२८ कित्ता, बिनु श्रेष्ठको नाममा रहेको ६१ हजार ४७८ कित्ता तथा विनय रेग्मीको नाममा रहेको ३१ हजार ५८८ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ।
कम्पनीको नियमअनुसार संस्थापक शेयर खरिदको पहिलो अधिकार हालका विद्यमान संस्थापक शेयरधनीलाई नै दिइनेछ। त्यसैले प्रारम्भिक चरणमा यी शेयरहरू कम्पनीकै संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न सक्नेछन्।