ASEZ द्वारा आयोजित “Zero Plastic 2040” सेमिनार वृहत् रूपमा सम्पन्न

काठमाडाैँ । आज  शुक्रबार परमेश्वरको मण्डलीका विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन (ASEZ) द्वारा Zero Plastic 2040” सेमिनार सम्पन्न भएको छ । एभरेष्ट कलेज, थापाथलीमा आयोजना भएको उक्त कार्यक्रममा कलेजका प्रधानाध्यापक लेखनाथ पौडेल, सुर्य प्रसाई, कृष्ण गिरी, असोक घिमिरे लगायत ४० भन्दा बढी विद्यार्थीहरुको सहभागीता थियो ।

सेमिनारमा परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन (ASEZ) को परिचयात्मक भिडियो लगायत ASEZ सदस्यहरुले Zero Plastic 2040 सम्बन्धमा प्रस्तुति दिनुभएको थियो । प्रस्तुतिबाट हाल विश्वव्यापी प्लाष्टिकको प्रयोगको कारण भएको वातावरण प्रदुषणको समस्या र त्यसले निम्त्याएको असरहरु, प्लाष्टिक न्यूनिकरणको लागि चालिनुपर्ने कदमहरु र ASEZ ले सन् २०४० सम्म प्लाष्टिक प्रदुषण शुन्य बनाउन गरिरहेको गतिविधिहरु सम्बन्धमा जानकारी गराईएको थियो ।

प्रस्तुतिपछि प्राध्यापक पौडेलले कार्यक्रम धेरैनै प्रभावकारी रहेको र आजैदेखि Zero Plastic अभियानमा लाग्नुपर्ने बताउनुभयो । साथै कार्यक्रम आयोजक   ASEZ लाई कलेजको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

उपस्थित विद्यार्थीहरुले पनि कार्यक्रममा सक्रियतापूर्वक सहभागीता जनाउँदै सेमिनारबाट प्लाष्टिकको कारण भइरहेको प्रदुषण न्यूनिकरणको लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कलेजको तर्फबाट उपस्थित प्राध्यfपकहरुले ASEZ द्वारा भईरहेको Zero Plastic 2040 को अभियानमा समर्थन गर्दै समर्थन हस्ताक्षर पनि गर्नुभयो । कार्यक्रमको अन्तमा सबैले एकसाथ सन् २०४० सम्म प्लाष्टिक प्रदुषण शुन्य बनाउने प्रतिबद्धताका साथ “Towards Zero Plastic Pollution, ASEZ Zero Plastic 2040” भन्दै नारा लगाएका थिए ।

परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ चाहिँ Save the Earth from A to Z को छोटकरी रूप हो, जसले ‘विश्वविद्यालय विद्यार्थीहरूले सारा संसारलाई परिवर्तन गराउनेछन्’ भन्ने अर्थ बोकेको छ । वर्तमान युगको नायक-नायिका, विश्वविद्यालय विद्यार्थीहरूद्वारा गठित ASEZ ले विश्वको ठाउँ-ठाउँका समस्याहरूलाई समाधान गरेर सङ्कटमा परेका मानव-जातिमाझ खुशीयाली ल्याउनको निम्ति ‘आमाको मनद्वारा’ स्वयंसेवा गतिविधिहरू गरिरहेको छ । ASEZ को मुख्य गतिविधि रहेको S.A.V.E अभियान ४ वटा पक्षहरूमा निम्नानुसार जारी भइरहेको छ । पिछडिएका छिमेकीहरूलाई सहयोग गर्ने सामाज कल्याण कार्य (S), विविध अभियान, शिक्षा तथा फोरमद्वारा जनचेतना जगाउने कार्य (A), विपत्तिले क्षतिग्रस्त क्षेत्रमा मर्मत-सम्भार कार्य तथा राहत सामग्री सहयोग गर्ने आपत्कालीन उद्धार कार्य (V), विश्वभरि ‘Mother’s Street’ सरसफाइ अभियान र ग्रीन क्याम्पस सरसफाइ अभियानद्वारा वातावरण जोगाउने कार्य (E) रहेको छ । सारा मानव-जातिको हित चाहने ASEZ को गतिविधि र लक्ष्य UN का लक्ष्यहरूजस्तै छ । ASEZले UN SDGs (संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरू) प्राप्तिको निम्ति अन्तर्राष्ट्रिय सङ्गठन तथा स्थानीय सरकारी निकायहरूसँग सञ्जाल स्थापना गरिरहेको छ, अनि स्थानीय समुदायमा जनचेतना जगाउने किसिमका गोष्ठी, फोरम इत्यादिको आयोजना गर्दै विश्वमा आमूल परिवर्तन ल्याइरहेको छ । विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरू पनि ASEZ का यस्ता गतिविधिहरूमा सहभागी भइरहेका छन् । नथाक्ने जोश, धैर्यता र ‘आमाको मन’ द्वारा स्वयंसेवामा लागिपर्ने ASEZ को परिश्रमको कदरस्वरूप ASEZ लाई सन् 2021 मा Green Apple Awards र Green World Gold Award, सन् २०१९ मा U.S. President’s Volunteer Service Award लगायत धेरै पुरस्कारहरु र सम्मान पत्रहरु प्राप्त भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार