बजेट आकार घटाउने आन्तरिक गृहकार्यमा लुम्बिनी प्रदेश

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आन्तरिक तयारी थालेको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले आगामी वर्षका लागि बजेट निर्माण प्रथम चरणको काम चल्दै गरेको जनाएको हो । जसअनुसार बजेटको आकार घटाउने गरी आन्तरिक गृहकार्य भइरहेको छ ।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारको बजेट ३८ अर्ब ९७ करोड विनियोजन गरेको थियो । तर फागुन मसान्तसम्म कुल बजेटको ३१ दशमलव ६७ प्रतिशत मात्र खर्च भएको छ । जसमा चालु ३४ र पुँजीगत खर्च २९ प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

अहिले ३२–३३ अर्बको हाराहारीमा बजेट ल्याउने गरी प्ररदेश सरकार लागिपरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार