आज सेयर बजारमा उछाल, सवा ६ अर्बको कारोबार

काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३९.९२ अंक बढेको छ।

आज सेयर बजार ४० अंकले बढेसँगै २६०० को विन्दुमा पुगेको छ।

सेयर बजार बढेसँगै आज कारोबार रकममा समेत वृद्धि भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन झण्डै चार अर्बमा खुम्चिएको सेयर बजार आज ६ अर्ब २८ करोडभन्दा बढीको कारोबार भएको छ।

कुल २३७ कम्पनीको मूल्य बढ्दा १८ को घट्यो भने २ को स्थिर रह्यो।लगानी र जीवन बीमा समूह २ प्रतिशतभन्दा धेरै बढे।

बैंकिङ १.३६, विकास बैंक १.८४, फाइनान्स १.६१, होटल तथा पर्यटन १.५७, जलविद्युत् १.३३, लगानी २.०३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स १.८३, निर्जीवन बीमा १.९९, अन्य १.१८ तथा व्यापार ०.२५ प्रतिशत बढे।

तीन कम्पनी सागर सिस्टिलरी, बन्दीपुर केबुलकार तथा झापा इनर्जीको मूल्य १० प्रतिशत बढ्यो। त्यस्तै स्वस्तिक लघुवित्तको ८.१९, छ्याङ्दी हाइड्रोपावरको ६.२९, जोशी हाइड्रोपावरको ५.९३, समता घरेलु लघुवित्तको ४.९७ प्रतिशत मूल्य बढ्यो।

पिपुल्स हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.६५ प्रतिशत घट्यो। मोदी इनर्जीको ४.४९, सप्तकोशी विकास बैंकको ४.४७, सिन्धु विकास बैंकको ४.१८ प्रतिशत मूल्य घट्यो।

प्रतिक्रिया
सम्बन्धित समाचार