सुन तोलामा ६ हजार तीन सयले घट्यो, चाँदीको कति

काठमाडौं, २ मंसिर । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम रोकिएको छैन । तिहारपछि लगातार चौथो दिन बुधबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार तीन सयले घटेर दुई लाख ६० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन तोलाको दुई लाख ६७ हजार दुई सय रुपैयाँमा किनबेच भएको थियो। सोमबार सुन तोलाको दुई लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बुधबार प्रतितोला ११० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार