रोल्वालिङ क्षेत्रमा हिमपहिरो: ३ जना पर्यटकको मृत्यु, ८ बेपत्ता

दोलखा– रोल्वालिङ क्षेत्रमा हिमपहिरो जाँदा ८ जना पर्यटक बेपत्ता भएका छन्। पहिरोमा परेर तीन जना पर्यटकको मृत्यु भएको छ भने ४ जना पर्यटक घाइते भएका छन्।

गत कात्तिक ११ गते दोलखाको गौरीशंकर गाउँपालिका-९ मा पर्ने रोल्वालिङ क्षेत्रमा रहेको ५६३० मिटरको यलुङ रि हिमाल आरोहणका लागि १५ जनाको टोली गएका थिए। उनीहरू सोमबार बिहान ८ बजेतिर हिमपहिरोमा परेका दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए। १५ जनाको टोलीहरूमा को के भए भनेर पहिचान खुल्न सकेको छैन।

आरोहण टिममा दुई/तीन वटा ग्रुप रहेको र एउटा ग्रुपमा दुई जना विदेशीसहित चारजना रहेको स्थानीयले बताएका छन्। उनीहरू यलुङ रि आरोहण लगतै ६ हजार मिटर माथिको रोल्वालिङ क्षेत्रमै पर्ने डोल्मा खाङ हिमाल आरोहणको तयारीमा रहेको पनि बताए। डोल्मा खाङ हिमाल आरोहणको तयारीमा रहेको दुईजना ना गाउँमा बसेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार