सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला ७०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेर दुई हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार