सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा ! प्रतितोला दुई हजार ३०० रुपैयाँले बढ्याे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेर दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

असोज ८ गते दुई २३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता सुनले लगातार नयाँनयाँ रेकर्ड बनाउँदै आएको छ । त्यसयता सुनको मूल्य १२ हजार ४०० रुपैयाँ बढेको महासंघले जनाएको छ ।

सोमबार सुन दुई लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो । तर, आज यो रेडर्क तोडिएको हो ।

आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला दुई हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार