एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि सुरक्षित लगानी मानिने सुनको मूल्यमा भने अप्रत्याशित रूपमा स्थिरता देखिएको छ । गत फागुन १६ ९फेब्रुअरी २८० मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि क्षेत्रिय तनाव बढ्दो छ । यसले विश्व अर्थतन्त्रमा नकारात्मक असर पार्ने चिन्ता सर्वत्र छ । फागुन १८ मा इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स ९आईआरजीसी० का कमान्डर(इन(चिफका वरिष्ठ सल्लाहकार इब्राहिम जबारीले विश्वको २० प्रतिशत तेल र ग्यास ओसारपसार हुने ‘स्ट्रेट अफ हर्मोज’ बन्द गरिएको घोषणा गरेका थिए । उक्त कदमपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ ।
पछिल्लो दुई हप्तामा इरान युद्धका कारण सेयर बजारमा गिरावट आए पनि सुनको मूल्य भने स्थिर छ ।
कति छ सुनको मूल्य ?
पछिल्ला दिनहरूमा सुनको मूल्य प्रतिऔंस ५ हजार डलरको आसपासमा स्थिर छ । मंगलबार जीएमटी स्पट गोल्डको मूल्य प्रतिऔंस ५,००१।३६ डलरमा कारोबार भयो, जुन अघिल्लो मूल्यको तुलनामा सामान्य मात्र हो । त्यस्तै, अप्रिल डेलिभरीका लागि अमेरिकी सुनको मूल्य पनि ०।१ प्रतिशतले मात्र बढेर ५,००५।२० डलर पुगेको छ ।
सामान्यतया आर्थिक संकट वा विश्वव्यापी युद्धका बेला लगानीकर्ताहरूले आफ्नो नगद सुरक्षित गर्न सुन किन्ने गर्छन्, जसका कारण मूल्य ह्वात्तै बढ्ने गर्छ ।
उदाहरणका लागि, रुसले युक्रेनमा पूर्ण रूपमा आक्रमण गर्दा सुनको मूल्य आकासिएको थियो । पेरिसस्थित ‘फ्रेन्च इन्स्टिच्युट फर इन्टरनेसनल एन्ड स्ट्राटेजिक अफेयर्स’ का अर्थशास्त्री रेमी बोर्जोटका अनुसार त्यसबेला रुसमाथि लगाइएको प्रतिबन्धले केन्द्रीय बैंकमा ‘त्रासको लहर’ सिर्जना गरेको थियो । जसका कारण चीनजस्ता देशले अमेरिकी डलरमाथिको निर्भरता घटाउन ठुलो मात्रामा सुन खरिद गरेका थिए ।
किन बढेन मूल्य ?
बढ्दो मुद्रास्फीतिका कारण अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ ले ब्याजदर कटौती रोक्ने वा उल्टै बढाउन सक्ने अनुमान लगानीकर्ताले गरेका छन् । प्रोग्रेसिभ इकोनोमी फोरमका सदस्य जेम्स मिडवे भन्छन्, “ब्याजदर बढ्ने सम्भावनाले डलरमा आधारित सम्पत्तिहरू आकर्षक बन्छन् । सुनमा कुनै ब्याज पाइँदैन, त्यसैले डलर बलियो हुँदा सुनको आकर्षण कम हुन्छ ।”
सुनको मूल्य स्थिर रहनुको अर्को कारण यस वर्षको सुरुवातदेखि नै यसले राम्रो प्रदर्शन गरिरहनु पनि हो । मिडवेका अनुसार सुनको मूल्य पहिले नै निकै बढिसकेकाले अहिले युद्धप्रति यसको प्रतिक्रिया कम देखिएको हो ।
थिङ्क ट्याङ्क ‘ब्रुगेल’ की सिनियर फेलो रेबेका क्रिस्टी पनि यसमा सहमत छिन् । उनका अनुसार डलर बलियो हुनु र सुनको कारोबार डलरमै हुने हुनाले पनि मूल्य माथि जान कठिन भएको हो । “बलियो डलर आफैँमा सुरक्षित विकल्प बनिदिन्छ, जसले गर्दा लगानीकर्ताहरू सुनभन्दा डलरतर्फ आकर्षित भएका हुन्,” उनले भनिन् । अलजजिराबाट अनुदित