सुनको भाउ आज तोलामा २२ सय र चाँदीमा १८५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिनको भाउ तीन लाख सात हजार ७०० रुपैयाँ छ ।

अघिल्लो दिन प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँले घटेर पाँच हजार १५० रुपैयाँ तोकिएकोछ । हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार