ट्रम्पको नयाँ योजना : १ मिलियन व्यक्तिगत लगानी गरे सीधै अमेरिकी नागरिकता पाउने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१बी भिसा (H-1B Visa) कार्यक्रम कडाइ गर्दै नयाँ विकल्पको रुपमा ‘ट्रम्प गोल्ड कार्ड’ प्रस्ताव गरेका छन्।

यस योजनाअन्तर्गत यदि कुनै व्यक्तिले १० लाख अमेरिकी डलर (१ मिलियन) व्यक्तिगत लगानी गर्छ वा २० लाख अमेरिकी डलर (२ मिलियन) को कम्पनी स्पोन्सरशिप ल्याउँछ भने उसले सीधै अमेरिकी नागरिकता प्राप्त गर्न सक्नेछ। ट्रम्पले यसलाई “ग्रीन कार्डको हाइ–स्पिड रुट” को रुपमा व्याख्या गरेका छन्, जसले अहिलेको EB-1 र EB-2 कार्यक्रमलाई विस्थापित गर्न सक्ने सम्भावना रहेको छ।

ट्रम्पको दाबीअनुसार, यो योजनाबाट अमेरिका कम्तीमा १०० अर्ब डलरभन्दा बढी आम्दानी गर्नेछ र विश्वका उत्कृष्ट प्रतिभालाई आकर्षित गर्न सफल हुनेछ। तर, यो प्रस्ताव कार्यान्वयन गर्न अमेरिकी कांग्रेसको अनुमोदन आवश्यक हुने बताइएको छ।

यससँगै ट्रम्पले अर्को योजना ‘ट्रम्प प्लेटिनम कार्ड’ पनि अघि सारेका छन्। जसअनुसार ५० लाख डलर (५ मिलियन) लगानी गर्ने व्यक्तिलाई विदेशी आयमाथि कर छुट दिने व्यवस्था हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार