काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा अराजक समूहले तारो बनाएको भाटभटेनी सुपरमार्केटले पुननिर्माणसँगै पुनः उठ्ने घोषणा गरेको छ ।
सामाजिक सञ्जालमार्फत भाटभटेनीले एक सन्देश प्रवाह गर्दै विषम परिस्थितिका बीच फेरि उठ्ने उद्घोष गरेको हो ।
‘दुःखद क्षणहरु गुज्रिए, तर आशा हराएको छैन । आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईहरुको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं । हजारौं सहयोगी हातहरुले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन् र फेरि हामीलाई उठ्न शक्ति दिइरहेका छन् ।’ भाटभटेनीले आफ्नो सन्देशमा भनेको छः’भाटभटेनी फेरि उभिनेछ । तपाईहरुको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं ।’
जेनजी आन्दोलनका क्रममा अराजक समूहले देशभरका भाटभटेनी आउटलेटहरुलाई टार्गेट बनाएर आक्रमण गरेको थियो ।