म्यान्मारको बिनाशकारी भूकम्पमा परेर १७ जना नेपालीको मृत्यु

काठमाडौं – म्यान्मारमा शुक्रबार गएको भूकम्पमा परेर अहिलेसम्म १७ जना नेपालीभाषीको निधन भएको छ। तीमध्ये अहिलेसम्म ९ जना नेपालीको शव भेटिएको छ।

बर्मेली नेपाली साहित्यकार लक्ष्मण न्यौपानेका अनुसार अरु नेपालीभाषीको शव खोजी भइरहेको छ।

‘सबैभन्दा धेरै क्षति मान्डेलेमा भएको देखिन्छ। निधन भएका नेपालीभाषीहरू पनि उतैतिरका हुनुहुन्छ’ उनले भने ‘नौजना नेपालीको शव फेला देवी सिंखडाका छोरा खतिवडा, दाहाललगायतका परिवारका सदस्यहरूको निधन भएको छ।’

शुक्रबार त्यहाँ ७.९ रेक्टरस्केलको भूकम्प गएको थियो। त्यो भूकम्पले थाइल्याण्डमा पनि थुप्रै जनधनको क्षति गराएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार