आज खग्रास चन्द्रग्रहण, काठमाडौंबाट साढे तीन घण्टा देखिने

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले खग्रास ९पूरै ढाकिने० चन्द्रग्रहण आज लाग्ने जनाएको छ । ग्रहणले राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख छ । राति ११ : ५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ स् ४१ बजे ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् । साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने उनले बताए ।

भदौ २२ मा देखिँदै छ ‘मकै चन्द्र ग्रहणु’ कहाँबाट कसरी हेर्ने ?

०८२ सालको यो पहिलो ग्रहण हो । आउँदो फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको पनि उनले सुनाए । शास्त्रीय मान्यताअनुसार, आइतबार दिउँसो १ स् ११ बजेपछि बाल, वृद्ध र आतुरबाहेकले भोजन गर्नु हुँदैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार