एक लाख ७० हजारलाई पर्ने बुंगल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम माैका

काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज भदौ १९ गते अन्तिम दिन हो । इच्छुक लगानीकर्ताहरुले आज कार्यालय समयभित्र आईपीओका लागि आवेदन दिन सक्ने छन् । कम्पनीले जारी पूँजी ८३ करोडको ३५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपियाँका दरले २९ लाख ५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसअनुसार पहिलो चरणमा ८ लाख ३० हजार कित्ता आयोजना प्रभावित र २ लाख ७ हजार ५०० कित्ता आईपीओ श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

त्यसपछि १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ६२ हजार २५० कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरी बाँकी १७ लाख १ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

उक्त कम्पनीको शेयर १ लाख ७० हजार १ सय ५० जनाले १०–१० कित्ताका दरले पाउने छन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार