शेयर बजार आज १९.८९ अंकले घट्यो, चार अर्ब ४३ करोडको कारोबार 

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १९.८९ अंकले घटेको छ । आज नेप्से परिसूचक ०.७२ प्रतिशतले घटेर २,७४१.९७ विन्दुमा बन्द भएको हो ।

चार अर्ब ४३ करोड ८२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । सोमबार पाँच अर्ब १० करोड ५७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सको निरन्तररूपमा सर्वाधिक मूल्यको सेयर खरिदबिक्री हुँदै आएको छ । आज पुनर्बिमा कम्पनीको २२ करोड ७० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । त्यसैगरी, नेपाल पुनर्बिमा कम्पनीको २० करोड ११ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

आज २९ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, २२१ कम्पनीको सेयरमूल्य घटेको छ ।

हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार