अमेरिकामा आयात हुने यो वस्तुमा २००% ट्यारिफ लगाउने योजनामा ट्रम्प

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपछि अर्को थुप्रै वस्तुमा ट्यारिफ लगाई रहेका छन् । यसपटक उनले हरेक व्यक्तिलाई आवश्यक पर्ने वस्तुमा भारी ट्यारिफ लगाउने सोच बनाएका छन् । ट्रम्प प्रशासन अब औषधिमा भारी कर लगाउने तयारीमा रहेको छ ।

एपी रिपोर्टका अनुसार केही औषधिमा ट्रम्प प्रशासनले २०० प्रतिशतसम्म कर लगाउने तयारी भइरहेको छ । अटो र स्टिल जस्ता वस्तुमा लगाइएको कर औषधिमा पनि लगाइनुपर्छ भन्ने ट्रम्पको योजना रहेको छ । यदि यसो भयो भने, यो दशकौं लामो नीति विरुद्ध हुने जनाइएको छ । यसले अमेरिकामा औषधिको मूल्य बढ्ने र आपूर्तिमा समस्या आउन सक्ने विज्ञहरू बताउँछन् । यसका साथै औषधि अभाव हुने खतरा पनि रहेको छ ।

ट्रम्पले औषधिमा २०० प्रतिशत कर लगाउनका लागि सन् १९६२ को व्यापार विस्तार ऐनको धारा २३२ उद्धृत गर्दैछन्। उनी भन्छन्, ‘कोरोना महामारीका बेला औषधिको अभाव र भण्डारण देखिएको छ । त्यसैले अब स्वदेशी उत्पादन बढाउन जरुरी छ ।’

अमेरिका र युरोपबीच हालै भएको व्यापार सम्झौताले औषधिलगायत युरोपेली सामानहरूमा १५ प्रतिशत कर लगाएको छ। प्रशासनले अन्य मुलुकबाट आउने औषधिमा पनि बढी कर लगाउने धम्की दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार