काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । बजार घटेसँगै कारोबार रकम पनि ६ अर्बमा समेटिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३१.१७ अंकले तल झरेको छ । १.१२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७४९.८३ अंकमा झरेको छ ।
बजारमा आएको गिरावटसँगै आज सबै समूह राताम्मे भएका छन् ।
आज ३२१ कम्पनीका १ करोड ४८ लाख ५ हजार ५ सय ६९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३ सय ७९.१० रुपियाँ बराबरको कारोबार भएको छ ।
उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ६.७७ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै ग्लोबल आईएमई सम्मुन्नत योजना २ का लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।