काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (भदौ १५) अन्तिम दिन हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी २ अर्ब ८३ करोड रुपियाँको २०।७० प्रतिशत अर्थात् ५८ लाख ६० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० अंकित दरमा ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो ।
जसमध्ये ५ लाख ६६ हजार आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ५ लाख २९ हजार ४०० कित्ता कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, २ लाख ६४ हजार कित्ता सामूहिक लगानी कोष, १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीलाई सुरक्षित छुट्याइसकेर बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता शेयर कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको माग गर्दै आवेदन दिनुपर्नेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआइ मर्चेन्ट बैंकिङले गरेको छ ।