नेपालले साउथ अस्ट्रेलियालाई दियो १४७ रनको चुनौती

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले बिहीबार बिहान भएको अभ्यास खेलमा साउथ अस्ट्रेलियालाई १४७ रनको चुनौती दिएको छ।

पहिलो खेलमा टस जितेर साउथ अस्ट्रेलियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो। साउथ अस्ट्रेलियाको कसिलो बलिङविरुद्ध नेपालका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्। भीम सार्कीले ३२ बलको सामना गरेर सर्वाधिक ३२ रन जोडे। अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १९ बलको सामना गरेरर २६ रन जोड्दा आशिफ शेखले १३ बलको सामना गरेर २२ रन बनाए। पूरै २० ओभर खेल्दै नेपालले ९ विकेटको क्षतिमा १४६ रन बनाएको हो।

नेपाललाई सस्तैमा समेट्न साउथ अस्ट्रेलियाका थम्पसन, टी ब्राउन र एच मानेन्टीले समान दुईदुई विकेट लिए। अहिले अस्ट्रेलियाले जवाफी ब्याटिङ गर्दैछ।

नेपाल र साउथ अस्ट्रेलियाका टी–२० अभ्यासका दुई खेल आजै हुँदैछन्। पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग दोस्रो प्रतिस्पर्धा गर्नेछ।

यसअघि मंगलबार भएका दुई खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ। मंगलबारको पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो भने दोस्रो खेलमा ६ विकेटको जित हात पार्यो।

प्रतिक्रिया
सम्बन्धित समाचार