नेप्सेमा उच्च वृद्धि, साढे ७ अर्ब नाघ्यो कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । बजार उचालिएसँगै आज कारोबार रकम पनि साढे ७ अर्ब नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५३.०१ अंकले उचालिएको हो । १.९१ प्रतिशतले बजार बढ्दा नेप्से २८१९.१० अंकमा उक्लिएको छ ।

बजारमा उत्साह छाएसँगै आज सबै समूहमा हरियाली छाएको छ । विकास बैंक समूहका लगानीकर्ताले सबैभन्दा बढी ३.४० प्रतिशतले नाफा कमाएका छन् ।

आज ३२१ कम्पनीका १ करोड ४९ लाख ८६ हजार १ सय ४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४ सय ४१.७० रुपियाँ बराबरको कारोबार भएको छ ।

विकास हाइड्रो र समता घरेलु लघुवित्त र ग्रीन भेञ्चर लिमिटेडका लगानीकर्ताहरुले क्रमशः १०, ९.३६ र ८.०८ प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै कुमारी बैंकको ऋणपत्र २०८६ का लगानीकर्ताहरुले सबैभन्दा ५.७९ प्रतिशतले घाटा व्यहोरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार