बन्दिपुर केवलकारको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाण्डौ । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले आम सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयर जारी गरेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते हुनेछ। यो आईपीओका लागि कम्पनीले केयर रेटिङ नेपालबाट केयर एनपी डबल बी इस्योर रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व समयमै बहन गर्ने सम्बन्धमा मध्यम स्तरको जोखिम रहेको जनाउँछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

कम्पनीले पहिलो चरणअन्तर्गत गत साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड भईसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार