तीर्थ गएका दाङका चारजनाको दुर्घटनामा मृत्यु

तुलसीपुर (दाङ) । भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चारजनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।

दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको यूपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ भारतको बहराइचमा बिहीबार दुर्घटना भएको जनाइएको छ । सोही दुर्घटनामा गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७, पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईं र सोही वडाका जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिए ।

अन्य दुईजनाको पहिचान हुन बाँकी छ । अन्य दुईजना पनि तुलसीपुर निवासी नै रहेको वडाध्यक्ष जिसीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार