माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडको साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बिहान ९ः३० बजे गरिएको हो । उक्त कम्पनीको आईपीओ १ लाख २४ हजार ८ सय ८६ जनाले १०–१० कित्ता र ४ जनाले ११–११ कित्ताका दरले पाएका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल क्यापिटल र मेरोसेयर एकाउन्ट बाट आईपीओको नतिजा हेर्न सक्नेछन् । त्यस्तै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट​बाट पनि रिजल्ट हेर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार