भारी वर्षाले जहाजहरू आकाशमै भए होल्ड 

काठमाडौँ – भारी वर्षाका कारण त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । भारी वर्षाका कारण भिजिबिलिटीमा समस्या भएकाले जहाजहरू होल्ड भएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेज, दिल्लीबाट काठमाडौं आएको भिस्टारालगायतका जहाज आकाशमै होल्ड भएका छन् । पाँचभन्दा बढी आन्तरिक उडान अवतरण हुन सकेका थिनन् ।

विमानस्थलका अधिकारीहरूका अनुसार अहिले भिजिबिलिटीको समस्या कम भएपछि अवतरणको प्रयास हुन थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार