यस्तो छ आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर !

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २९ पैसा, स्विस फ्रयांक एकको खरिददर १७२ रुपैयाँ ११ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १८ पैसा र बिक्रीदर १०० रुपैयाँ ६२ पैसा, सिंगापुर डलर एकको खरिददर १०८ रुपैयाँ १३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३० पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २७ पैसा र बिक्रीदर चार रुपैयाँ २९ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा कायम थरिएको छ । स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४ रुपैयाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६८ पैसा र बिक्रीदर २१ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७ रुपैयाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४५४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४५६ रुपैयाँ ७८ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७० रुपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार