काठमाडौं । चालु आर्थिक बर्ष २०८२–८३ को पहिलो महिना साउनमा सेयर कारोबारबाट दुई अर्ब १५ करोड ७५ लाख ६९ हजार पूँजीगत लाभकर संकलन भएको छ ।
सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट साउन महिनाको पूँजीगत लाभकर सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
साउनमा व्यक्तिगत तर्फ दीर्घकालिन कारोबारबाट ६५ करोड दुई लाख ५९ हजार रुपियाँ र अल्पकालिन कारोबारबाट एक अर्ब २१ करोड ४१ लाख ४२ हजार रुपियाँ पूँजीगत लाभकर उठेको छ ।
यस्तै, सस्थागत सेयर कारोबारबाट २९ करोड ३१ लाख ६६ हजार रुपियाँ पुँजीगत लाभकर उठको तथ्यांकमा उल्लेख छ । ।
गत आवको गत साउनमा भने चार अर्ब २७ करोड ५३ लाख रुपियाँ पुँजीगत लाभकर उठेको थियो । गत आवभरमा भने शेयर कारोबारबाट १६ अर्ब ५४ करोड ३७ लाख एक हजार रुपियाँ पूँजीगत लाभकर उठेको थियो ।
यद्यपि, पछिल्ला महिनाहरु पूँजीगत लाभकर संकलन एक अर्ब हारहारीमा थियो । गत बैशाखमा एक अर्ब २२ करोड ९२ लाख रुपियाँ, जेठमा एक अर्ब १७ करोड ८२ लाख २४ हजार रुपियाँ र असारमा एक अर्ब २७ करोड १२ लाख ४५ हजार रुपियाँ पूँजीगत लाभकर उठेको थियो । साउनमा भने दुई अर्ब भन्दा बढी पूँजीगत लाभकर उठेको हो ।