काठमाण्डौ । भैरहवाको लुम्बिनीमा रहेको एशियन होटलले आईपीओ जारी गर्ने भएको छ । यो होटलले आईपीओ जारीका लागि आवश्यक प्रक्रियाको सुरुवात गरेको हो ।
पर्यटकीय नगरी लुम्बिनीमा विगत ४ वर्षदेखि उत्कृष्ट सेवा र आतिथ्यको पहिचान बनाउँदै आएको एशियन होटलले आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्यले ३५ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने तयारी थालेको हो ।
आईपीओबाट जुटेको लगानीबाट होटलको सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, स्पोट्र्स कम्प्लेक्स तथा हेल्थ फिटनेस लगायतका पूर्वाधार विकास गर्ने योजना रहेको बताइएको छ ।
यही तयारी स्वरुप होटलले शेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।