नेप्सेमा झिनो सुधार, ७ अर्ब ४६ करोडको कारोबार

काठमाडौं । केही दिन देखि निरन्तर घटिरहेको शेयर बजारमा साताको अन्तिम दिन आज झिनो सुधार आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.६२ अंकले उचालिएको हो । ०.०९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७८८.३६ अंकमा उक्लिएको छ ।

समग्रमा बजार बढे पनि बैंकिङ, फाइनान्स, हाइड्रो, म्युचुअल फण्ड र निर्जीवन बीमा समूह भने घटेका छन् । बाँकी अरु समूहमा हरियाली छाएको छ ।

आज ३२० कम्पनीका १ करोड ९२ लाख ५८ हजार ४ सय ४५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ४१ लख ७७ हजार ७ सय ४.२९ रुपिया बराबरको कारोबार भएको छ ।

नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाएका छन् भने एनआईसी एशिया फ्लेक्सी फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.३१ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४७ करोड १७ लाख १३ हजार २ सय ९८ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार