अमेरिका–चीनले ट्यारिफ नलगाउने सहमति ९० दिनका लागि बढाइयो

एजेन्सी– अमेरिका र चीनबीच एक अर्काविरुद्ध ट्यारिफ नलगाउने सहमति फेरि ९० दिनसम्मका लागि बढाइएको छ।

पहिलो सहमतिको समय सकिनै लाग्दा दुई देशबीच तीन महिनाका लागि थप सहमति भएको हो।

सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा हस्ताक्षर गरिएको छ। यो आदेशमा गत मे मा भएको सहमतिलाई यथावत राखिएको छ। त्यसबेला दुवै देशले अस्थायी रुपमा एक अर्काका सामग्रीमा लगाएका ट्यारिफ निलम्बित गरेका थिए।

अमेरिकाले सहमतिको अवधि नबढाएमा मंगलबार थप ट्यारिफ लगाउने धम्की दिएको थियो। गत महिना भएको कुराकानीमा चीनले दुवै पक्ष सहमति बनाइराख्नका लागि कोशिस गर्ने बताएको थियो।

अमेरिकी अधिकारीले ट्रम्पको मन्जुरी करिरहेको बताएका थिए। अप्रिलमा व्यापारलाई लिएर तनाव उत्कर्षमा पुगेको थियो।

ट्रम्पले विश्वका कैयौं देशका सामानमा ट्यारिफ लगाउने घोषणा गरेका थिए। चीनमाथि पनि उच्च कर लगाइएको थियो। जसको जवाफमा चीनले पनि अमेरिकी सामग्रीमा कर लगाएको थियो।

मे मा भएको सम्झौता अनुसार अमेरिकामा आयात हुने चिनियाँ सामग्रीमा वर्षको सुरुवातमै ३० प्रतिशत अतिरिक्त कर लगाइएको थियो। चीनले पनि अमेरिकी सामानमा १० प्रतिशत नयाँ कर थपेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार