काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल फ्लेक्सी क्याप फण्डले लाभांश (प्रतिफल) घोषणा गरेको छ ।
नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको यस योजनाले गत आर्थिक वर्ष ०८१ ०८२ का लागि इकाइधनीलाई करसहित ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांश वितरण प्रयोजनार्थ आज (साउन २३) एक दिन बुक क्लोज हुने भएकाले साउन २२ गतेसम्म कायम इकाइधनीले उक्त प्रतिफल पाउनेछन् ।
साथै, इकाइधनीले आफूले प्राप्त गर्ने लाभांश रकमबाट यस योजनाका थप इकाइ खरिद गर्न सक्ने व्यवस्था पनि रहेको छ । इच्छुक इकाइधनी साउन २७ गतेसम्म योजनामा आबद्ध हुन सक्नेछन् ।