सुनको मूल्य आज स्थिर, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य स्थिर छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ४०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे बुधबार पनि छापावाल सुन यही मूल्यमा किनबेच भएको थियो । गएको मंगलबार साउन २० गते सुन हालसम्मकै उच्च मूल्य अर्थात् तोलाको एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार