काठमाडौं । अमेरिकाले भन्सारदर (ट्यारिफ) बढाएपछि भारतको मजवुत अर्थतन्त्र कमजोर बन्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाएपछि दुई मुलुकबीच असमझदारी बढ्दै आएकोमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेपछि यसको ठूलो असर व्यापारमा पर्ने भएको छ । अमेरिकारले दोब्बर बढाएर ट्यारिफ ५० प्रतिशत पुर्याएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार यो कर आदेश जारी भएको मितिबाट २१ दिनपछि लागु हुनेछ ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भारतले हाल रुसी तेल आयात गरिरहेकाले अमेरिकाले भारतबाट आउने सबै उत्पादनहरूमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेको स्पष्ट पारेका छ ।अमेरिकाले ट्यारिफ लगाएपछि भारतमा डलर सञ्चिति घट्न थालेको छ । विदेशी विनिमय सञ्चिति नौ अर्ब डलर घटेको समाचार संस्था रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार पछिल्लो साता भारतको डलर सञ्चिति घटेर ६ खर्ब ८९ अर्ब डलरमा झरेको छ ।
अहिलेको सञ्चितिले भारतमा ११ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने बताइएको छ । अमेरिकाको ट्यारिफले डलर सञ्चिति घटेको भारतीय रिजर्भ बैंक ९आरबीआई०का गभर्नर सञ्जय मल्होत्राले जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ ।डलर सञ्चिति घट्दै गएपछि भारतीय रुपैयाँ ९भारु० कमजोर बनेको छ । अहिले ८७।७० भारु पुगेको छ । भारतले अमेरिकामा झण्डै ९० अर्ब डलरको वस्तु निर्यात गर्दै आएको छ । ५० प्रतिशत भन्सार शुल्क लगाएपछि भारतीय वस्तु झनै महंगो हुन गई निर्यातमा गिरवट आउने र यसले विदेशी विनिमय सञ्चिति घटाउनेछ ।
राष्ट्रपति ट्रम्पले पारस्पारिक आधार ९रिसोप्रोकल०मा दुई मुलुकबीच व्यापार हुनुपर्नेमा जोड दिँदै आएका छन् ।यता, भारु कमजोर भएपछि यसको असर नेरुमा परेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक डलर बराबर १४०।६८ बिक्री दर तोकेको छ ।गत जेठसम्म १३६ रुपैयाँ आसपासमा रहेको डलर इरान र इजरायलबीचको युद्धले बलियो बनेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले लिएको व्यापार नीतिका कारण गत माघमा डलरको मूल्य बढेर १४१ रुपैयाँ पुगेको थियो । नेरुको भारुसँग स्थिर विनिमयदर ९फिक्सड पेग० छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँमा पनि असर पर्ने गरेको छ ।
भारुमा आउने उतारचढावले नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ । भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ । भारतमा घटे पनि नेपालमा बढेर १८ अर्ब ६५ करोड डलर सञ्चिति पुगेको छ । डलर बलियो हुँदा आयातित वस्तु थप महँगो हुने देखिन्छ भने आयातित कच्चा वस्तुको भाउ बढेर उद्योगको उत्पादन लागत बढ्नेछ । विश्वमा ८० प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ । अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ ।