काठमाडौं । शेयर बजारमा आज पनि घटेको छ । बजार १.९४ अंकले तल झरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज ०.०६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २८३२.०६ अंकमा ओर्लिएको छ ।
आज बैंकिङ, विकास बैंक, फाइनान्स, होटल हाइड्रो, जीवन बीमा, उत्पादनमूलक र निर्जीवन बीमा राताम्मे भएका छन् भने बाँकी अरु समूहमा हरियाली छाएको छ ।
आज ३२० कम्पनीको २ करोड १६ लाख ५७ हजार ७ सय ६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९ सय ५२.७९ रुपियाँ बराबरको कारोबार भएको छ ।
विन नेपाल लघुवित्त, महुली लघुवित्त र ट्रेड टावरका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९ र ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।