एक घण्टापछि बन्यो नेप्सेको ‘सिस्टम’, परिसूचकमा दोहोरो अंकको सुधार

काठमाडौं । धितोपत्र दोस्रो बजारको कारोबार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइट एक घण्टापछि खुलेको छ । बजार बन्द हुनेबित्तिकै वेबसाइटमा समस्या देखिएको थियो । एक घण्टापछि वेबसाइट खुलेको छ ।

सोमबार नेप्से परिसूचक १६.४६ अंकले बढेर २८७५.३६ विन्दुमा बन्द भएको छ । बजार बन्द हुनेबित्तिकै र २० मिनेटपछि हुने तथ्यांकमा परिवर्तन हुन्थ्यो । तर, सोमबार एक घण्टा सिस्टममा समस्या आए पनि तथ्यांक सुरुकै देखिएको छ ।

आज कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक घटेको छ । सेयर कारोबार रकम दुई अर्ब २५ करोड रुपैयाँले घटेको छ । यस दिन १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार १३ अर्ब सात करोड ५० लाख रुपैयाँको सेयर खरिदबिक्री थियो ।

१४० कम्पनीको सेयर मूल्य बढेको छ । ११० कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार