शेयर बजार उच्च अंकले घटेसँगै आज सबै समूह राताम्मे, १३ अर्बमा समेटियो कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६३.७३ अंक तल झरेको हो । २.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २८५८.९० अंकमा झरेको छ ।

उच्च अंकले बजार घटेसँगै आज सबै समूह राताम्मे भएको छ ।

आज ३१९ कमपनीका ३ करोड २२ लाख ६० हजार ३ सय ४१ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७ करोड ५० लाख ४ हजार ९ सय २०.३४ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार तल झरे पनि ट्रेड टावर र शिवश्री हाइड्रोका लगानीकर्ताहरुले ९.९९ प्रतिशतले नाफा कमाए भने सान्भी इनर्नी र समता घरेलु लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.९९ र ९.९६ प्रतिशतले घाटा व्यहोरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार